काठमाडौं, १४ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज केन्द्रीय समितिमा उठेका सवालहरूको जवाफ दिने भएका छन् ।
निर्वाचन समीक्षाका लागि चैत ९ बाट जारी केन्द्रीय समिति बैठकको आज १२ औं दिन हो । पार्टी मुख्यालय सानेपामा केही बेरमा सुरु हुने बैठकको सुरुवातमा नेता विजय गच्छदारले बोल्नेछन् ।
बिहीबारको बैठकमा पनि गच्छदारले आफ्नो धारणा राखेका थिए । समय नपुगेकाले आज पनि गच्छदारले बाँकी धारणा राख्ने तयारी गरेका छन् । त्यसपछि महामन्त्री शाशंक कोइरालाले आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
त्यसलगत्तै सभापति देउवाले केन्द्रीय समितिमा उठेका सवालको जवाफ दिनेछन् । पार्टी पराजय, विधान संशोधन, केन्द्रीय सदस्य नियुक्ति आदि विषयमा देउवाको जवाफहरू आउनेछ ।















प्रतिक्रिया