४ कार्तिक २०८३, बुधबार

यी नायिकाको तीनवटा घरमा प्रशासनद्वारा सिल

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी पुरानी अभिनेत्री ममता कुलकर्णीको घरमा स्थानीय प्रशासनले सिल गर्ने भएको छ । लागुऔषध प्रकरणमा विवादमा रहेकी ममता यो घटनाले अचेल निकै समस्यामा छिन् ।

लागुऔषध तस्करी काण्डमा फसेपछि उनको अवस्था नाजुक भएको हो । दुईपटक लगातार अदालतको आदेश नमानी मुद्दाको सुनुवाइमा उपस्थित नभएकाले उनी झनै समस्यामा परेकी छन् । अटेरीका कारण अब प्रशासनले मुम्बईमा रहेका उनका तीनवटा घर ‘सिल’ गर्ने भएको छ ।

पछिल्लो समय ममता केन्यामा बस्ने गरेकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार अदालतको आदेशमा २० करोड भारु मूल्यको उनका घर सिल गर्न लागिएको हो ।

इन्टरनेसनल डिलर बिक्की गोस्वामीसँग मिलेर ममताले दुई हजार करोड भारु मूल्यबराबरको लागुऔषध तस्करी गरेको आरोप छ ।

मुम्बई पुलिसले गत वर्षको अक्टोबरमा ममता र बिक्कीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरू देश छाडेर भागेको भन्दै पुलिसले भगौडा घोषित गरी मुद्दा अघि बढाएको छ । – एजेन्सी