न्युयोर्क । अमेरिकाले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज गरेको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले एक विज्ञप्ति जारी गर्दै टीपीएस सुविधा खारेज भएको घोषणा गरेकी हुन् । निर्णयसँगै अमेरिकामा बस्दै आएका करिब ९ हजार नेपाली अब स्वदेश फर्काइने भएका छन् ।
अमेरिकी कानून अनुसार टीपीएस अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्दै नेलसनले १२ महिनाभित्र अमेरिका छाड्न भनेकी छन् ।
अब टीपीएस सुविधा लिएर अमेरिकामा बस्दै आइरहेका नेपालीले २४ जुन २०१९ सम्ममा अमेरिका छाडिसक्नुपर्नेछ ।
नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्ष अगाडि अमेरिकी सरकारले अनडकुमेन्टेड अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।















प्रतिक्रिया