काठमाडौँ, १३ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग गरेको छ । बैंकले संघलाई सहयोग स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको बताएको छ । बैंकले आफ्नो एघारौँ बार्षिक उत्सवको उपलक्ष्यमा संघलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले पन्ध्र लाखको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई हस्तान्तरण गरेका थिए । संघका अध्यक्ष शेषले सो रकम मेची–महाकाली साङ्गगीतिक अभियान नामक कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रयोग गरिने जानकारी दिए ।
कुनै पनि स्रष्टा स्वास्थ्यको कारण अशक्त भएको वा उपचार गर्न आर्थिक कठिनाइ व्यहोरेको पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरी केही स्रष्टा–सर्जकहरु तथा संगीतकारहरुलाई आर्थिक सहयोग गर्ने कार्यको निरन्तताका निम्ति उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्नुपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।















प्रतिक्रिया