दिल्ली, १२ बैशाख । दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले पदबाट राजीनामा दिएका छन् । जारी इन्डियन प्रिमियर लिग (आइपीएल)का पाँच खेलमा पराजित भएपछि उनले बुधबार कप्तानबाट राजीनामा दिएका हुन् ।
गाम्भीरले ट्विटमार्फत आफू खसी कप्तानबाट राजीनामा दिएका बताएका छन् । उनले व्यवस्थापन वा कोचको दबाबमा कप्तानी नछाडेको उल्लेख गरेका छन् । उनले आफूले कप्तानको दबाब झेल्न नसकेको बताएका छन् ।
६ म्याचमा एक अर्धसतकसहित ८५ रनमात्र बनाएका छन् । ओपनर गम्भीरको यो सिजनको स्ट्राइक रेट ९६ मात्र थियो । दिल्लीमा नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने समेत छन् ।















प्रतिक्रिया