४ कार्तिक २०८३, बुधबार

मस्तीमा भुवन–जीया, कहिले होला विवाह ?

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री जिया केसीसँगको ‘लिभिङ टुगेदर’ रहेका अभिनेता भुवन केसी यतिवेला सिक्किम भ्रमणमा छन् । जिया पनि सिक्किम पुगेकी छन् । छोरा अनमोललाई लिएर बनाउन लागेको फिल्म ‘क्याप्टेन’को लोकेशन हन्टिङका लागि यो जोडी तातेर चिसो ठाउँमा पुगेको हो ।

यो जोडी अचेल छुट्टिने गरेको छैन । घरमा सँगै बस्छन् । बाहिर सँगै घुम्छन् । ‘कृ’को बेलायत प्रदर्शनका क्रममा पनि जीयाले भुवनलाई छाडिनन् । कतिपयले जीयाबिना भुवन जान नसक्ने नै भएको चर्चा पनि गरे ।

नाम भन्दा बढि बद्नाम भएर चिनिएकी जीया अहिले पर्दाबाट अलिक पर छिन् । तर, पर्दाको सत्ता चलाउनेसँग अधिक नजिक । उनी भुवनसँग छिन्, भुवन अनमोलसँग ।

केसीले एउटा अन्तरवार्तामा भनेकी थिइन्,‘हो म नामभन्दा पनि बद्नाम भएर चिनिएँ ।’

उनको चर्चा चल्नुको कारण उनले पर्दामा उत्तेजक दृश्य दिइन् । जसलाई फिल्म सेन्सर बोर्डलेमात्र होइन, मिडियाले पनि सेन्सर गरेका थिए । तर, युट्युवमा सेन्सर हुन सकेन । एनी टाइम मस्ती (एटीएम) अभिनेत्री जियाको नाम त्यतिखेर विख्यात भयो जतिखेर एटीएम ट्रेलरमा एउटा भयानक दृश्यका रूपमा सवैसामु आइन् । फिल्म चल्न सकेन, जियाको विख्यात चर्चा भयो ।

हुन त भुवनले जिया आफ्नो साथीमात्र भएको प्रतिक्रिया दिँदै आएका छन् । युवती र सम्बन्धका सन्दर्भमा भुवनको चर्चा अहिलेदेखिको होइन । युवतीसँगका अफेयरका अनेकौं गसिपसँग भुवनको अटुट सम्बन्ध रहँदै आएको छ ।

उनीहरूको सम्बन्धको अर्को प्रमाण ‘ड्रिम्स’मा जियाले पाएको निर्मात्रीको ‘क्रेडिट’ पनि हो ।

‘बाहिर कस्तो हल्ला छ थाहा छैन तर उहाँहरूको सम्बन्ध घनिष्ठ छ । लामो समय भयो सँगै बसेको देखेको छु’, भुवनका एकजना सहकर्मीले भने,‘अब त्यो लिभिङ टुगेदर हो की मित्रता त्यो चाहीँ उहाँहरूलाई नै थाहा होला ।’

भुवन यसअघि बुटिक सञ्चालिका शर्मिला डंगोलसँगको सम्बन्धमा थिए । डंगोलसँगको सम्बन्धको चर्चा सेलाउनासाथ उनको सम्बन्ध जियासँग रहेको फिल्मी किराहरू बताउँछन् । फिल्म उद्योगमा राम्रो र सफल काम गर्न नपाए पनि भुवन र उनको घर सम्हाल्नकै लागि जियाले मौका पाएकी थिइन् ।

दीपक श्रेष्ठले बनाएकी ‘हो यही माया हो’ फिल्मबाट अभिनयमा प्रवेश गरेकी जियाको चर्चा राज तिमिल्सिनासँग अनस्क्रिन रोमान्स र सिनका कारणले चलेको थियो । ‘एटिएम’, ‘जिगोलो’, ‘बर्बाद’, ‘वाचा’, ‘रिङरोड’, ‘रङ वे’लगायतमा उनले अभिनय गरिन् ।

अंगप्रदर्शनको मामलामा उदारता देखाएकी जिया एटिएम फिल्मका कारण आलोचित भइन् । सो फिल्मको युट्युब प्रोमोमा समावेश अश्लील दृश्य र संवादले जियासँगै सविना कार्की र सोनिया केसीलाई पनि आलोचित बनायो ।

एटिएमपछि जियालाई त्यस्तै खालका थुप्रै फिल्मका अफर आए । तर, ती अफर भन्दापनि उनलाई भुवनसँगको सम्बन्धले काठमाडौंमा स्थापित गरेको छ ।

कान्छी पत्नी सुस्मिता केसीसँग डिर्भाेस गरेपछि एक्लिएका भुवनले जियालाई फिल्म अभिनय गर्नमा समेत रोक लगाएको बताइन्छ ।
जब जिया भुवनसँग सम्बन्धमा जोडिइन्, त्यसपछि उनले कुनै फिल्ममा अभिनय गरेकी छैनन् । हिरोइनका रूपमा करिअर स्थापित गर्ने सपना बोकेर झापाबाट राजधानी छिरेकी जिया विगत चार वर्षयता भुवनको सेवामा तल्लीन छिन् ।

अब यो सम्बन्धमा जिया हावी हुन थालेकी छन् । उनले फिल्मका चरित्र अभिनेत्री देखि हिरोइनहरू समेत फाइनल गर्न थालेको बताइन्छ । उद्योगमा प्ले ब्वाई मानिने भुवन र सेक्सी बर्ड जीयाको लगनगाँठो कहिले कसिएला ? यहि खुल्दुली उद्योगमा छ ।