
काठमाडौँ, १२ बैशाख । काठमाडौँ महानगरपालिका–३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंकको सहयोगमा गरिने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ एवं उपत्यका विकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको बाटिका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका थिए ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गर्ने बैंकको नीति अनुरुप उक्त बाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको हो ।
उक्त सहयोग पहिलो चरणमाआगामी एक बर्ष सम्मको लागि हुने गरि जनता बैंक र बाटिका संरक्षण समितिबीच सम्झौता गरिएको छ ।















प्रतिक्रिया