३ कार्तिक २०८३, मंगलबार

किशोरी बलात्कार अभियोगमा आसारामलाई सजाय सुनाइदै

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । भारतको जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापू दोषी ठहर भएका छन् ।

अहिले सजायबारे बहस भइरहेको छ । कति वर्ष जेल सजाय हुने भन्ने फैसला हुन बाँकी छ । उनलाई १० वर्षसम्म सजाय हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

७७ वर्षका आराराममाथि २०१३ मा आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए । एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिइन् । आशाराम इन्दौरबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।