१ कार्तिक २०८३, आइतबार

कस्तो आउँदैछ ५०० को नयाँ नोट ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ बैशाख । नेपाल राष्ट्र बैंकले आजबाट पाँच सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउँदैछ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै बुधबारबाट पाँच सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जनाएको हो ।

साविककै आकार तथा रङमा आउने नयाँ नोटमा साविकको २ वटा बाघको साटो एउटामात्रै पाटे बाघको चित्र हुनेछ । साथै बैंकले यसअघि चलन चल्तीमा रहेका नोटहरुपनि यथावत राखेको जनाएको छ ।

जसको संकेत नं ङ/४६०००००१ देखि छ/४०९९९९९९सम्म रहने छ । त्यस्तै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र तल्लो भागमा गर्भनर चिरञ्जीवी नेपालको दस्तखत रहेको हुने मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०७३ लेखिएको हुनेछ ।

३.५ मिमि चौडा भएको रंग परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो देखिने र ढल्काएर हेर्दा हरियो रङ देखिने राष्ट्र बैंकले जनाएको छ ।