चीन, १२ वैशाख । चीनको एक मधुशाला (वार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार मध्यरातमा भएको आगलागी करिब १ बजे बिहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ ।
यसैबीच रेष्टुरेण्टमा आगजनी गरेको आरोपमा प्रहरीले किङयुआनको यिङ्दे शहरका एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले पक्राउ परेका ३२ बर्षीय लिउ चुन्लुले आफ्नो अपराधलाई स्वीकार गरेको बताएको छ ।
प्रहरीले भनेको छ, ‘आगलागी हुनुभन्दा पैलै लिउले मदीरा सेवन गरेको र झगडामा सम्लग्न भएको स्वीकारेपनि उनले नै आगो लगाएका थिए कि थिएनन् थप अनुसन्धान अघि बढाइएको छ ।’
आगजनीका कारण भएको आगलागीबाट रेष्टुरेन्टको १५ हजार अमेरिकी डलर बराबरको भौतिक क्षति भएको पनि जनाइएको छ । – सिन्ह्वा















प्रतिक्रिया