५ कार्तिक २०८३, बिहिबार

महेन्द्रज्योति देउरालीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि पाचौं शाखारहित बैंकिङ सेवा मंगलबार बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरेका हुन् ।

उक्त शाखारहित बैंकिङ सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्त कुमार तामाङलाई नियुक्त गरेको छ । शखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्ने बताइएको छ । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ बानिको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम जस्ता उपयोगी सेवाको महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।