५ कार्तिक २०८३, बिहिबार

सूर्या लाइफ इन्स्योरेन्सद्धारा विरामीलाई फलफूल वितरण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बेलिना थापा

लमजुङ, ११ बैशा । बेंसीशहरमा शाखा कार्यलय रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जिल्ला सामुदायिक अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

कम्पनीले आफ्नो ११ औँ बार्षिकोत्सवको अवसरमा मंगलबार अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको हो । बेंसीशहरमा शाखा प्रमुख प्रतिजङ तामाङ र अस्पतालका प्रमुख प्रशासकिय अधिकृत युवराज देवकोटाले संयुक्त रुपमा विरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।

विरामीहरुका लागि कम्पनीले ७ हजार बराबरको फलफूल वितरण गरेको शाखा प्रमुख तामाङले बताए । अस्पतालका प्रमुख प्रशासकिय अधिकृत देवकोटाले विरामीहरुलाई मध्यनजर गर्दै संस्थाले फलफूल वितरण गरेकोमा धन्यावाद दिए ।

कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर सुर्यबहादुर अधिकारी, सावित्रि तामाङ, मिनमाया तामाङ, टिम म्यानेजर रिया थापा अधिकारी, रोजिना तामाङ, रिना तामाङ, रमा तामाङ, एकता घले, आशमाया तामाङ, कर्मचारी सावित्रा अधिकारी, सुवास श्रेष्ठ लगायतको उपस्थिति थियो ।

यसैबीच, बार्षिकोत्सवको अवसरमा कम्पनीले बेंसीशहरकै लमजुङ मोडेल हस्पिटलका विरामीहरुलाई पनि फलफूल वितरण गरेको छ ।