
काठमाडौं । आजभोली बोल्ड फोटोसुट गराउनु सामान्य कुरा हो । लगभग चर्चित अभिनेत्रीहरूका यस्ता तस्बिर आइसकेका छन् ।
तर यो सन् १९५१ मा पनि भयो भन्ने तपाईले सोच्नु भएको छ ? जुनबेला अभिनेत्रीहरू अभिनयका लागि पनि डराउँथे, सारीमा मात्र देखिन्थे । तर त्यस समयमा पनि एक अभिनेत्रीले बोल्ड फोटोसुट गरेर सबैलाई हैरान बनाइन् ।

उनको नाम बेगम पारा थियो । बेगमले लाइफ म्यागेजिनका लागि एक बोल्ड फोटोसुट गराइन् । यो फोटोसुटमा उनले सेतो सारी लगाएर चुरोट तानेपछि उनी बम्बसेल र पिन अप गर्लको नाम पाइन् ।

बेगमको यो फोटोसुट त्यसबेलाका चर्चित फोटोग्राफर जेम्स बुर्केले गरेका थिए । –एजेन्सी

















प्रतिक्रिया