विजय थापा
वाशिंगटन डिसी, १० पुस । अमेरिकामा रहेका नेपालीहरुले आगामी ८ महिनाभित्र अनिवार्यरुपमा मेशिन रिडेवल पासपोर्ट (एमआरपी) बनाउनुपर्ने भएको छ ।
अमेरिका, मेक्सिको तथा कोलम्बियामा बसोबास गर्ने नेपाली नागरिकहरुले आगामी नोवेम्बर २४ ,२०१५ अघि नै अनिवार्य रुपमा मेसिन रिडेबल राहदानी बनाई सक्नु पर्ने नेपाली दूतावास वाशिंगटन डिसीले जनाएको छ ।
नोवेम्बर २४ ,२०१५ देखि हस्तलिखित राहदानी पूर्ण रुपमा अमान्य हुने जानकारी गराउँदै दूतावासले अन्यथा बिबिध कानुनी, प्राबिधिक तथा ब्यबहारिक कठिनाई भोग्नुपर्ने सचेत समेत गराएको छ ।
हस्तलिखित राहदानीमा वहाल अवधि जति सुकै उल्लेख भएतापनि यो नियम अनिवार्य रुपमा लागू हुने दूतावासको भनाइ छ । दूतावासले यसअघि नै विज्ञप्ति र वेभसाइटमार्फत यसबारे पूर्वजानकारी समेत गराइसकेको स्पष्ट पारेको छ ।
एमआरपीको लागि आबेदन प्रक्रियाबारे बिस्तृत जानकारीको लागि दूताबासको आधिकारिक वेभसाइट नेपाल एम्बबेसी डट ओआरजी हेर्न अनुरोध समेत गरिएको छ ।
















प्रतिक्रिया