३० आश्विन २०८३, शुक्रबार

उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १० वैशाख । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ ।

चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् । आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकारलाई बताए ।

उनले भने, “हामीले घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं, पूर्ण विवरण आउन बाँकी नै छ ।” चिनियाँ राज्यद्धारा सञ्चालित सञ्चार माध्यम सिजीटीएनले शुरुमा ३० भन्दा बढीको मृत्यु भएको समाचार संप्रेषण गरेपनि पछि भने समाचार नै हटाएको छ । समाचार अनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो । –रासस/एएफपी