१ कार्तिक २०८३, आइतबार

दाङ धेरै दुर्घटना हुने जिल्ला, कारबाहीबाट दुई करोड सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १० पुस । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, कोहलपुरले एक वर्षमा दुई करोड ५० लाख राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका एक लाख ३९ हजार ९३० वटा सवारी साधनलाई कारबाही गर्दा दुई करोड ४३ लाख ९४ हजार ५५० राजस्व सङ्कलन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले बताएको छ ।

ट्राफिक प्रहरीले यो अवधिमा सबैभन्दा धेरै राजस्व दाङबाट उठाएको छ । आर्थिक वर्ष २०७०÷७१ मा दुर्घटना बढी हुनेमा पनि दाङ पहिलो नम्बरमा थियो ।
दाङबाट ७० लाख ६२ हजार ६०० राजस्व सङ्कलन भएको छ । दाङमा ४४ हजार ४३२ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।

दाङपछि बाँकेबाट बढी राजस्व सङ्कलन भएको छ । बाँकेबाट ६८ लाख ४२ हजार २०० राजस्व सङ्कलन भएको छ । ३७ हजार ४४ वटा सवारी साधनलाई कारबाही गरिएको थियो । सुर्खेतमा २० हजार नौवटा सवारी साधनलाई कारबाही गर्दा ३४ लाख ९१ हजार ६०० र बर्दियामा १५ हजार ५३४ वटा सवारी साधनलाई कारबाही गरेर २४ लाख २९ हजार राजस्व सङ्कलन गरिएको छ ।

ट्राफिक प्रहरीको बाक्लो उपस्थिति र सवारी साधन बढी चल्ने भएकाले यी जिल्लाबाट राजस्व बढी उठेको हो । राजस्व बढी उठ्नुले यी जिल्लामा सवारी साधन सञ्चालन नियम विपरीत रहेको पनि यसले देखाएको छ ।

धेरै राजस्व सङ्कलन भएको पाँचाँै जिल्लामा प्युठान परेको छ । प्युठानमा एक वर्षमा पाँच हजार ९०० सवारी साधनलाई कारबाही गर्दा १३ लाख ४५ हजार ३०० राजस्व सङ्कलन गरिएको छ । सल्यानमा चार हजार ६५१ वटा सवारी साधनलाई कारबाही गरेर आठ लाख ४२ हजार राजस्व उठाइएको छ ।

राजस्व सङ्कलनको तथ्याङ्कलाई हेर्दा ट्राफिक प्रहरीको सक्रियता आर्थिक वर्षको अन्त्यमा बढी हुने गरेको देखिन्छ । चैत, वैशाख, जेठ र असारमा बढी सवारी साधनलाई कारबाही गरिएको छ ।

चाडबाडमा चाप हुने भएकाले नियमित उल्लङ्घन बढी हुन्छ भनिए पनि ट्राफिकको कारबाहीको तथ्याङ्कलाई हेर्दा त्यस्तो देखिँदैन । चाडबाडका बेलामा ट्राफिकको अनियमिता हुन्छ भन्नेहरूलाई यसले बल पु¥याउँछ । आर्थिक वर्षको अन्त्यमा भने राजस्व असुली युद्धस्तरमा हुने गरेको तथ्याङ्कले देखाएको छ ।