३० आश्विन २०८३, शुक्रबार

दुर्घटनमा सांसदको परिवारसहित आठ व्यक्तिको मृत्यु

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमान, ९ वैशाख । जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

सांसद र उनका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परी सांसद अमाम्रेह उनका श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाई मारिएका छन ।

त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ । जोर्डनको दक्षिण सहर मआनका सेनाका पूर्वकर्णेल र हालका साँसद अमाम्रेहको मृत्युको जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गरेका छन् । जोर्डनमा सडक सुरक्षामा कमि भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७५० व्यक्तिको मृत्यु भएको थियो । –रासस/एएफपी