१ कार्तिक २०८३, आइतबार

तिमाङमा सोमबारदेखि प्रथम चामे गाउँपालिका कप हुने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बेलिना थापा
लमजुुङ, ९ बैशाख । हिमाली जिल्ला मनाङको चाँमे गाउँपालिका १ तिमाङमा प्रथम चामे गाउँपालिका कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चाँमे गाउँपालिकाको प्रायोजकमा र हिमालयन युवा क्लबको आयोजनामा सोमबारबाट फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पहिलो हुने टिमलाई २ लाख रुपैयाँ, कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै, दोस्रो हुने टिमलाई १ लाख रुपैयाँ, कप, रजतपदक र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ५÷५ हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजक हिमालयन युवा क्लबका सदस्य मनलाल गुरुङले बताए ।