१ कार्तिक २०८३, आइतबार

९४ प्रतिशत बढी हिन्दू धर्म मान्ने जनाताको विरुद्धमा बोल्नेलाई ठेगान लगाउछौँः थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaइटहरी, १० पुस ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा ९४ प्रतिशत बढी जनाता हिन्दू धर्म मान्ने भएकाले हिन्दूराष्ट्र सहितको संविधान जारी गर्नुपर्ने बताउनु भएको छ ।

राप्रपा नेपालले बुधवारदेखि झापाबाट थालेको मेची–महाकाली रथयात्रालाई बिहीबार सुनसरीको इटहरीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  उहँले हिन्दू धर्मविरुद्ध लाग्नेहरुलाई ठेगान लगाउने समेत चेतावनी दिनुभयो ।

प्रायोजितरुपमा हिन्दू धर्मविरुद्ध केही समूह लागेको भन्दै उहाँले सनातन हिन्दूधर्मको विरोधमा लाग्लनेलाई ठेगान लगाउने चेतावनी दिनुभयो ।

पश्चिमा मुलुकहरुले पैसाको खोलो बगाएर केही नेपालीलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाइरहेको समेत उहाँले दाबी गर्नुभयो ।

उहाँले हिन्दूराष्ट्र बनाउने वा धर्म निरपेक्षता बनाउने भन्ने विषयमा जनमत सग्रहमा जान समेत विभिन्न दलका नेताहरुलाई आग्रह गर्नुभयो ।