यमबहादुर बम
धनगढी, १० पुस । मध्यपश्चिम र पूर्वक्षेत्र प्रहरी कार्यालय धनगढीमा जारी ३८औं आइजीपी कप रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन ।
बुधबार भएको सेमिफाईनल खेलमा मध्यपश्चिम प्रहरीले मध्यक्षेत्र प्रहरी तथा पूर्वक्षेत्र प्रहरीले सुदूरपश्चिमाञ्चल प्रहरीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
मध्यपश्चिम र पूर्वक्षेत्र प्रहरी कार्यालयबीचको फाइनल खेल ११ गते धनगढीस्थित क्षेत्रीय रंगशालामा हुने नेपाल प्रहरी क्षेत्रीय खेलकुद समितिका सहसचिव, प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।
पहिलो सेमिफाईनल खेलमा मध्यपश्चिमले मध्यक्षेत्रलाई १–० गोल अन्तरले पराजित ग¥यो । निकै प्रतिस्प्रधात्मक खेलमा मध्यपश्चिमका १५ नम्बर जर्सी खेलाडी दीलिपकुमार थारुको एक गोलनै निर्णायक बन्यो ।
दोस्रो खेलमा पनि पूर्वक्षेत्रले सुदूरपश्चिमाञ्चल प्रहरीलाई १–० गोलले पराजित ग¥यो । पूर्वक्षेत्र प्रहरीका ७ नबर जर्सी खेलाडी विजय विष्टले एक गोल गरे । घरेलु मैदानमा दर्शकको साथ पाएको सुदूरपश्चिमले गोल गर्न नसक्दा नराम्रो हार बेहोर्नु प¥यो ।
पुस ६ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल प्रहरीको सात वटा टिमको सहभागिता रहेको छ । फुटबल प्रतियोगिताको समापनमा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सहभागिता रहने प्रहरी उपरीक्षक परियारले बताए ।
प्रत्येक वर्ष आयोजना हुँदै आएको आइजीपी कप रनिङ सिल्ड फुटबल प्रतियोगिता यो वर्ष क्षेत्रीय प्रहरी कार्यालय दिपायलको आयोजनामा धनगढीमा सञ्चालन भइरहेको छ । फुटबल प्रतियोगिता फिफाको नियम अनुसार खेलाइदैछ ।













प्रतिक्रिया