
काठमाडौ, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता हुँदैछ ।
केही दिन यता निरन्तर छलफलमा रहेका ओली र प्रचण्डबीचको आजको वार्तालाई निर्णायक मानिएको छ । दुई पार्टीले आइतबार काठमाडौँमा संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउँदैछन् । त्यसैले पनि ओली र प्रचण्डको आजको भेटलाई निर्णायक लिइएको हो ।
दुर्य पार्टीबीच एकतापछि बन्ने केन्द्रीय समितिमा भागवण्डा मिल्न सकेको छैन् । माओवादी केन्द्रले बराबरीको हैसियत मागेको छ । त्यसैले पनि बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता असम्भव भएको थियो ।
दुई अध्यक्षबीच शुक्रबार पनि छलफल भएको थियो । तर, निष्कर्षमा नपुगेपछि आज थप छलफल गर्ने गरी बैठक सकिएको थियो ।















प्रतिक्रिया