३० आश्विन २०८३, शुक्रबार

पेन्सनसम्वन्धी आन्दोलनका क्रममा दुई जनाको मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मानागुआ, ८ वैशाख । पेन्सनको पुनरावलोकन गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा झडप हुँदा निकारागुआमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

निकारागुआको राजधानी मानागुआमा बिहीबार राति भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपका क्रममा उनीहरु मारिएका हुन् ।

नयाँ बनाइएको पेन्सनसम्वन्धी कानूनमा औसतमा पाँच प्रतिशत पेन्सन घटाइएकाले कर्मचारी असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनकारीले नयाँ बनाइएको पेन्सनसम्वन्धी कानूनको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् ।

झडपमा परी मृत्यु हुनेमा एक जना ३३ वर्षीय प्रहरी रहेका छन् भने अर्का एक जना प्रदर्शनकारी युवा रहेका छन् ।

विपक्षी प्रदर्शनकारीले अर्का एक जना विद्यार्थी पनि प्रदर्शनका क्रममा मारिएको दाबी गरेका छन् । – एएफपी