लक्ष्मी काफ्ले
बिर्तामोड, ९ पुुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले रथयात्रा कुनै पनि पार्टी र सरकारका विरुद्धमा नभएको बताउनु भएको छ ।
अध्यक्ष थापाले बिर्तामोडमा बुधबार रथयात्रा शुभारम्भ भएको घोषणा कार्यक्रममा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।
उहाँले निर्धा्ित समयमा संविधान जारी गर्न र संविधानमा हिन्दू राष्ट्र लेखाउन दवावा दिनका लागि रथयात्र गरेको बताउनुभयो ।
सम्वोधनका क्रममा पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल संयोजक राजेन्द्र लिङ्देनले सनातन हिन्दू राष्ट्रको कुरा समग्र नेपाली र नेपालको भविष्यसँग जोडिएको कुरा भएको स्पष्ट पार्नुभयो ।
राप्रपा नेपालले बुधबार झापाको मेची नदीबाट जल उठाएर धार्मिक अनुष्ठान गर्दै काँकरभिट्टाबाट मेची महाकाली संकल्प रथयात्रा सुरुवात गरेको हो ।
रथ यात्रा बुधबार ईटहरीसम्म पुग्ने बताइएको छ । बिहीबार बिहान अध्यक्ष थापाले ईटहरीमा सम्बोधन गरेपछि बिहीबार लाहान, ११ गते हेटौडा, १२ गते वुटवल, १३ गते नेपालगञ्ज, १४ गते धनगढी, १५ गते कपिलवस्तु, १६ गते पोखरा, १७ गते भक्तपुर र १८ गते काठमाडौंको खुल्ला मञ्चमा पुगेर सभा गरिने र सबै सभाहरुमा अध्यक्ष थापा सहभागी हुने बताइएको छ ।















प्रतिक्रिया