किर्गिजिस्तान, ७ वैशाख । किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गरेका छन् ।
सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गर्नुभएको, राष्ट्रपतिको कार्यालयले बिहीबार बताएको छ ।
किर्गिजिस्तानको संविधान अनुसार राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको प्रधानमन्त्रीको दलकै अर्को नेता खडा गर्न आग्रह गर्नेछन् । – सिन्ह्वा















प्रतिक्रिया