१ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमालेले प्रचण्डलाई भने–नयाँ जनादेश ल्याएर संविधानमा आफ्ना कुरा समेट्नुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dal1काठमाडौँ, ९ पुस । नेपाली काँग्रेस र नेकपा एमालेले एमाओवादीलाई नयाँ जनादेश ल्याएर संविधानमा आफ्ना कुरा संशोधन मार्फत समेट्न सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघले बुधबार आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान अपरिवर्तनीय नभएकाले भन्दै पछि नयाँ जनदेश ल्याएर आवश्यकता अनुसार संशोधन गर्न सुझाव दिनुभएको हो ।

‘कहिल्यै पनि सबैका सबै कुरा संविधानमा लेख्न संभव हुँदैन,’ उहाँले एमाओवादीप्रति लक्षित गर्दै भन्नुभयो, ‘आवश्यकता र माग अनुसार संशोधन गर्दै जाने हो, अहिले परक मत राखेर भएपनि संविधान ल्याउने वातावरण बनाउन लाग्नुहोस् ।’ उहाँले एमाओवादी काँग्रेस र एमालेको बहुमत देखेर डराएको भन्दै त्यसरी नडराउँनसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले नेपालले जस्तै जनदेशबाट संशोधन गर्न सकिने भन्दै एमाओवादीलाई सहमतिमा आउँन आग्रह गर्नुभयो ।

धेरै असहमति हुँदा हुँदैपनि राष्ट्रिय एकता, विविधता र समावेशिकरण बारे कांग्रेस एमालेको समान चासो र चिन्ताकै कारण एक ठाउँमा उभिएको भन्दै एमाओवादीलाई पनि काँग्रेस र एमालेबाट सिक्न सुझाव दिनुभयो ।

उहाँले तत्कालका लागि तराई मात्रै वा पहाड र तराई जोडिएका प्रदेश बनाएर पछि समयानुकूल परिवर्तन गर्न सुझाव दिनुभयो । उहाँल अब पनि अलमलिने हो भने माघ ८ मा संविधान जारी नहुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाओवादी नेता बाबुराम भट्टराईले नेपाली काँग्रेस र नेकपा एमालेले  विगतमा गरेको १२ बुँदे समझदारी अनुसार अगाडि नबढेकाले समस्या भएको बताउनुभयो । उहाँले माघ ८ मा नयाँ संविधान नबन्दा सबैभन्दा बढि घाटा एमाओवादीलाई नै हुने भन्दै एमाओवादी अझै पनि सहमतिको पक्षमा रहेको बताउनुभयो ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमति हुँदा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन तयार हुने नेताहरुले नमिल्दा साना कुरामा पनि विमति राखेर झगडा गर्ने गरेको भन्दै नेताहरुप्रति व्याङग्य गर्नुभयो । कार्यक्रमा महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतले पनि बोल्नु भएको थियो ।