५ कार्तिक २०८३, बिहिबार

महिन्द्राको विद्युतीय गाडी अब सरकारी कार्यालयमा

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bty

काठमाडौँ, ६ बैशाख । महिन्द्राका गाडी अब सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले प्रयोग गर्ने भएको छ ।

अग्नि इनर्जीले नेपाल विद्युत प्राधिकरणका उपप्रबन्ध निर्देशक राजीव शर्मा तथा गोपालकुमार लोहियालाई महिन्द्राको ई टु जिरो पी एट (भ्द्दय एगिक उड० मोडेल को गाडी हस्तान्तरण गरेको छ । हरियाली तथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडिहरुलाई प्रतिस्थापित गरी सरकारी क्षेत्रबाट महिन्द्रा विद्युतीय गाडिहरुको प्रयोग गर्ने नेपाल विद्युत प्राधिकरण पहिलो भएको छ ।

महिन्द्राका गाडीहरु गैर सरकारी संस्थाहरुमा पनि विशेष रोजाइमा पर्दछन् । नेपालमा हालसम्म ४० भन्दा बढी ई टु जिरो गाडी गैर सरकारी संस्थाहरुले प्रयोग गर्दै आएका छन् ।

यसलाई एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्छ । महिन्द्रा इलेक्ट्रोनिक्सद्वारा सञ्चालित अत्याधुनिक ईलेक्ट्रिक ड्राइभर्सन प्रविधि यसमा प्रयोग भएको छ ।

सरकारी क्षेत्रबाट विद्युतीय गाडीको प्रयोग गरिनुले डिजेल र पेट्रोलबाट हुने वायु प्रदुषणले देशमा पु¥याएको वातावरणीय असरलाई केही हदसम्म सहयोग पुग्ने छ । विगत ५ वर्ष देखि नेपालमा महिन्द्राका विद्युतीय गाडीहरु उपलब्ध हुँदै आएका छन् । यो दौरानमा २५० भन्दा धेरै ग्राहकहरुले गाडी प्रयोग गर्दै आएका छन् ।

भारतको विद्युतीय सवारी साधन निर्माणमा अग्रणी कम्पनीको एक हिस्सेदार संस्था महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको आधिकारिक विक्रेता अग्निइनर्जी प्रा.लि. ले नेपाली बजारमा विगत ५ वर्षदेखि आफ्नो विद्युतीय कारहरु प्रस्तुत गर्दै आएको छ ।