सिरिया, ६ वैशाख । सिरियाको अफ्रिन जिल्लाबाट मात्रै अहिलेसम्म एक लाख ३७ हजार जना विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघका प्रवक्ताले बुधबार दिएको जानकारीअनुसार गत जुन २० देखि सुरु भएको सैन्य कारबाही र द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् । नियमित पत्रकार सम्मेलनमा राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी समन्वय कार्यालयलाई उदृत गर्दै महासचिव एन्टोनिओ गुथ्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले यति धेरै विस्थापित भएको तथ्यांक बुधबार सार्वजनिक गरेका हुन् । न
अफ्रिनबाट विस्थापित भएकालाई राष्ट्रसंघको तर्फबाट विभिन्न सहयोग सामग्री प्रदान गरिदै आएको पनि उनले बताए । राष्ट्रसंघले त्यस जिल्लामा प्रत्यक्ष र नियमित सम्पर्क गर्न र सहयोग गर्न भने नपाएको प्रवक्ता स्टेफनको भनाइ छ । “विस्थापितलाई मानवीय सहायताका लागि सहज र नियमित पहुचको चुनौती हामीले भोगीरहेका छौँ,” स्टेफनले पत्रकारसँग भने । –रासस/सिन्ह्वा















प्रतिक्रिया