१ कार्तिक २०८३, आइतबार

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले नै दलितमाथि गर्‍यो भेदभाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना
डडेल्धुर, पुस ९ । मष्टमाडौँ गाविस ८ गौलीगाउमा रहेको दलित बस्तीका ३२ परिवार एउटै धाराको पानि प्रयोग गर्न बाध्य भएका छन् ।

३२ परिवार रहेको गैरदलित वस्तीमा २ वटा खानेपानी धारा रहेको र दलित बस्तीमा भने एउटा मात्रै धारा रहेको दलित महिला लालीदेवी शार्कीले बताईन् ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना डडेल्धुराले २ वर्ष पहिले निर्माण गरेको खानेपानीको योजनाहरुमा दलितमाथि विभेद हुने गरि धारा वितरण गरिएको स्थानीय कर्ण भुलले प्रमुख जिल्ला अधिकारी शिवराज जोशीसँग समेत गुनसो गरे ।

वर्षातको समयमा पानीको हाहाकार नहुने भए पनि गर्मी मौसममा भने दुई किलोमिटर दुरीमा रहेको नाउलावाट खानेपानी ओसार्नु पर्ने बाध्यता रहेको सार्कीले बताउँछिन् ।  ‘सरकारले हलिया मुक्त गरेर खानपानबाट मुक्त गरिदियो, जमुना दमाईले भनिन,’ ‘ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना डडेल्धुराले त खानेपानी योजनामै भेदभाव गर्‍यो ।’

प्रमुख जिल्ला अधिकारी जोशीले उनीहरुको गुनासो सुनेपछि तत्कालै  मष्टमाडौँ गाविसका सचिव गणेश पनेरुलाई दलित वस्तीमा खानेपानीको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले हलिया बस्ती अनुगमन गर्दा विभिन्न समस्या देखिएको समेत बताउनुभयो ।
।