२ कार्तिक २०८३, सोमबार

युवा संघमा पौडेलले पाए अध्यक्षको जिम्मेवारी, यस्तो बन्यो नयाँ कमिटी

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीले नयाँ नेतृत्व चयन गरेको छ ।

काठमाडौंमा सम्पन्न बैठकले रमेश पौडेललाई महाधिवेशन आयोजक कमिटीको अध्यक्ष चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा किरण पौडेल चयन भएका छन् ।

उपाध्यक्षहरूमा हस्त शाही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, प्रभातविक्रम कटुवाल चयन भएका छन् । महासचिवमा नरेश शाही चयन भएको युवा संघले जनाएको छ ।

सचिवमा माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पूर्ण लामा, हिमाल लिम्बू, दीपक जिएम, क्षितिज थेबे, सन्तोष रावल, राजु कार्की, ध्रुब यादब, सुरेन्द्र कार्की चयन भएको उपाध्यक्ष प्रभात विक्रम कटुवालले जानकारी दिए ।

मंगलवार केन्द्रीय कमिटीमा राजीव पहारीले राजीनामा दिएपछि बैठकले महाधिवेसन आयोजना कमिटी गठन गरेको आयोजक कमिटीका संयोजक पौडेलले बताए ।

संयोजक पौडेलले युवा संघ पूर्ण रुपमा एकढिक्का भएर जारी समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको यात्रामा लैजान डटेर लाग्ने दृढता व्यक्त गरेका छन् ।