३० आश्विन २०८३, शुक्रबार

लिवियाका प्रभावशाली सैन्य कमाण्डरको हत्या प्रयास

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिविया, ६ वैशाख । लिवियाको उत्तरीक्षेत्र हेर्ने सैन्य शिविरका प्रमुख तथा पूर्वी सैन्य कमाण्डर जनरल अब्दाराजाक नाथुरीको बुधबार हत्या प्रयास भएको सैनिक कार्यालयले जनाएको छ ।

बेङ्घाजी शहरमा गस्तीमा हिडिरहेका समय उनीमाथि कारबम हमला गरी हत्याको प्रयास गरिएको सेनाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

आक्रमणबाट उनको सुरक्षार्थ खटिएका केही सैनिक सामान्य घाइते भएको बताइएको छ । उनमाथि गरिएको उक्त आक्रमण प्रयास भने विफल भएको छ । – सिन्ह्वा