काठमाडौँ, ९ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले जसरी पनि माघ ८ मै संविधान जारी हुने दाबी गर्नुभएको छ ।
ख्रिष्टियन समुदायको महत्वपूर्ण पर्व ख्रीष्टमसको पूर्व सन्ध्यामा राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालले शान्ति र सद्भावका लागि बुधबार राजधानीमा गरेको मोटरसाइकल ¥यालीको उद्घाटन गर्दै उहाँले यस्तो दाबी गर्नु भएको हो ।
‘उत्पीडित जाति, समुदाय, वर्ग र क्षेत्रलगायत सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरी निर्धारित समय माघ ८ मा नै संविधान जारी हुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँले आ–आफ्ना विमतिलाई थाति राखेर न्यूनतम सहमति कायम गरेर माघ ८ मै नयाँ संविधान जारी गर्न र व्यक्तिगत स्वार्थ र हठ त्यागेर सहमतिमा आउन प्रमुख दलका शीर्ष नेताहरुलाई सुझाव समेत दिनुभयो ।
कार्यक्रममा महासङ्घका महासचिव सिवी गहतराजले बहुमतीय आधारमा भन्दा पनि सहमतिको आधारमा जतिसक्दो चाँडो जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आग्रह गर्नुभयो ।
तीनकुनेबाट सुरु भएको ¥याली शान्तिनगर, मीनभवन, नयाँबानेश्वर, बबरमहल, माइतीघर हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।















प्रतिक्रिया