१ कार्तिक २०८३, आइतबार

विद्युत् चोरी नियन्त्रण गर्न विशेष अभियान सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ९ पुस । नेपाल विद्युत् प्राधिकरण रौतहटले विद्युत् चोरी नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत विगत ३ सातामा १२५ जनालाई पक्राउ गरी जरिवाना गराइसकेको छ । जिल्लामा केही समयदेखि विद्युत् चुहावट अत्यधिक वृद्धि भएपछि प्राधिकरणले अभियान नै सञ्चालन गर्नुपरेको प्राधिकरणका प्रमुख हरदेव गुप्ताले बताउनुभयो ।

प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिल्लाको विभिन्न गाविसमा दिउँसो तथा रातको समयमा अनुगमन गरी विद्युत् चोरी भएको स्थानमा पक्राउ गर्ने कार्यलाई तीव्रता दिएपछि जरिवानाबापत ११ लाखभन्दा बढी राजस्व असुलसमेत भएको जनाएको छ ।

विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणले गम्भीरता देखाएपछि जिल्लामा विद्युत् मिटर लिने ग्राहकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।