३० आश्विन २०८३, शुक्रबार

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल, ५ बैशाख । दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको छ ।

दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो ।

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उनलाई अपहरण गरिएको थियो ।

यसरी अपहरण गरी उनलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो ।

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो ।

अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बसेको पनि जनाइएको थियो ।

चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उनलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो । – एएफपी