रौतहट, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणको प्रक्रियामा संविधानसभाभित्र र बाहिर रहेका शक्तिलाई समेटेर मात्र जनताले खोजेको संविधान बन्न सक्ने बताउनुभएको छ ।
उहाँले रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा निषेधको राजनीतिले संविधान बनाउन खोजिए दुर्भाग्य हुने बताउनुभयो ।
पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै उहाँले नयाँ बन्ने संविधानमा सबै धर्मलाई सम्मान गर्दै नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गर्ने माग आफ्नो पार्टीको रहेको बताउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष थापाले संविधान निर्माणको काम निर्धारित समयमै गर्नुपर्ने आफ्नो पार्टीको मागसमेत रहेको जानकारी दिँदै सहमतिबाट नभए जनमत सङ्ग्रहबाट भए पनि संविधान निर्माण गरिनुपर्ने बताउनुभयो ।
उहाँले एमाओवादीले आफ्नो एजेन्डालाई स्थापना गर्न खोजेको हो भने आन्दोलनमा होइन जनमत सङ्ग्रहमार्फत जान आफूले सल्लाह दिएको समेत बताउनुभयो ।















प्रतिक्रिया