१३ कार्तिक २०८३, शुक्रबार

आशंका आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डसँगको वार्ताबारे ब्रिफिङ गरेपछि एमाले नेताहरूले दुई पार्टीबीच मुख्य अविश्वास आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमै देखिएको निष्कर्ष निकालेका छन् ।

आलोपालो अध्यक्षता कसरी गर्ने र हैसियत के हुने विषय अधिकांश अन्तरिम विधानले नै टुंग्याइसकेकाले प्रधानमन्त्रीका विषयमा प्रचण्डलाई कन्भिन्स गरेर अघि बढ्ने बैठकले निष्कर्ष निकालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘प्रधानमन्त्रीको विषय लिखित नै गर्दा पार्टी एकताको सन्देश नजाने भएकाले त्यसो गर्नु राम्रो होइन, तर आलोपालोबारे वान अन वानमा हुन्छ कि, संयोजन समितिमै छलफल गरेर कसरी हुन्छ, टुंगो लगाउनु नै राम्रो हुन्छ भन्ने सुझाव दिएका छौँ,’ एक एमाले नेताले भने ।

ठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि आशंका निवारण गर्ने उपायको खोजी गर्दै तत्काल एकता टुंग्याउनुपर्नेमा जोड दिएका थिए ।