५ कार्तिक २०८३, बिहिबार

कतार एयरवेज रोमको ई–प्रिक्समा आधिकारिक एयरलाइन पार्टनरको रुपमा सहभागी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार, ३ बैशाख । कतार एयरवेजले यो सप्ताहान्त रोममा आफ्नो साझेदारी मनाउँदै शनिबार १४ अप्रिलमा आयोजित कार्यक्रममा एयरलाइनलाई मर्सिडिज ईक्यूद्वारा प्रस्तुत सिबिएमएम नियोबियम रोम ई–प्रिक्सको आधिकारिक एयरलाइन पार्टनरको रूपमा प्रतिनिधित्व गरेको छ ।

लामो प्रतिक्षा पश्चात् मर्सिडिज ईक्यूद्वारा प्रस्तुत सिबिएमएम नियोबियम रोम ई–प्रिक्स क्रिस्टोफोरो कोलाम्बो र पलाज्जो डेइकंग्रेस्सी बिचको १.७६ माइल ट्रयाकसहित सहरको सडकमा गत हप्ता ल्याइएको हो । आधिकारिक एयरलाइन पार्टनरको रुपमा कतार एयरवेजले एलाइन्ज ई–भिलेज भित्र एक लाउन्जको पनि आयोजना गरेको थियो जहाँ परिवार तथा खेलकूदप्रति रुचि राख्ने व्यक्तिहरुलाई आफ्ना रमाइला तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्नको निमित्त फोटो खिच्ने बुथसहित विभिन्न मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराइयो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “गत वर्षको रोमाञ्चक फर्मूला ई सिजनपछि कतार एयरवेजले पेरिस र न्यु योर्कमा हुने ई–प्रिक्सको प्रमुख प्रायोज मात्र नभई रोम र बर्लिनमा हुने प्रतियोगिताको पनि आधिकारिक एयरलाइन पार्टनरको रुपमा यस साझेदारी नवीकृत गर्न पाउँदा हामी असाध्यै हर्षित छौँ ।”

संसारभरिका यात्रीहरुद्वारा स्काइट्रेक्स २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित हुनुको साथै कतार राज्यको यस राष्ट्रिय विमान सेवाले गत वर्षको समारोहमा ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’, ‘विश्वको सर्वश्रेष्ठ बिजनेस क्लास’ तथा ‘विश्वको सर्वश्रेष्ठ फस्र्ट क्लास एयरलाइन लाउन्ज’ सहित विभिन्न महत्वपूर्ण पुरस्कारहरु हात पारेको कम्पनीको दाबी छ ।