
काठमाडौँ, ३ बैशाख । पार्टी एकता र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा दुई वाम दलका अध्यक्षबीच छलफल चलिरहेको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता चलिरहेको स्रोतले जनाएको छ ।
आइतबार सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड वार्ताका लागि सिधै बालुवाटार पुगेका थिए । बिहान साँढे १० बजेदेखि छलफल सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
एमाले–माओावदीबीच पार्टी एकता गर्ने भनेर सार्वजनिक गरिएको मिति नजिकिँदै जाँदा असमझदारी देखिन थालेपछि अध्यक्षहरुनै बसेर विवादका विषय टुंगो लगाउने प्रयत्न गरेका हुन् ।
गत चैत्र २२ मा बसेको वाम गठबन्धन पार्टी एकता संयोजन समितिको बैठकले बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय संयोजन समितिको बैठक बस्न सकेको छैन ।
एकतामा दुवै पार्टीको हिस्सा, पार्टीको चुनाव चिन्ह, जनयुद्ध र जबजको विषयमा समझदारी हुन नसकेको कुरा सार्वजनिक भएका छन् ।















प्रतिक्रिया