काठमाडौं, ३ वैशाख । संसद् सचिवालयमा १०९ वटा चारपांग्रे सवारीसाधन छन् । त्यसमध्ये ३० वटा स्कारपियो गाडी छन् ।
१२४ वटा सरकारी मोटरसाइकलमध्ये ९८ वटा प्रयोगमा छन् । सरकारी कार्यालयमा पत्र बुझाउन जानुपरे पनि सचिवालयका नायब सुब्बा, खरिदार मात्रै होइन, कार्यालय सहयोगीसम्मले स्कारपियो नै खोज्छन् ।
सबैलाई गाडी नै चाहिने भएपछि सचिवालयको इन्धन खर्च मात्रै लाखौँ उठ्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया