१ कार्तिक २०८३, आइतबार

जनता बैँकको नयाँ शाखा देविनगरमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ बैशाख । जनता बैँक लिमिटेडको नयाँ शाखा रुपन्देहीको देविनगरमा सञ्चालनमा आएको छ ।

बैंकको बुटवल उपमहानगरपालिका वडा नंं. ११, रुपन्देहीस्थित देविनगर एक्स्टेनसन काउण्टरलाई आइतबारदेखि शाखामा स्तनोत्तर गरि कारोवार सुरु गरिएको हो ।

२०६८ साल फागुनदेखि संचालनमा आएको एक्स्टेनस काउन्टरलाई ग्राहकहरुको सुविधालाई मध्यनजर गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर शाखामा स्तनोत्तरी गरिएको बैंकले जनाएको छ । अब यस शाखाबाट ग्राहकहरुले सहज र सरल रुपमा पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०७ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।