५ कार्तिक २०८३, बिहिबार

महिन्द्रा टुह्वीलर अब परासीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २ बैशाख । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्क को आधिकारिक डिलर वारिस अटो मोबाइल्सले हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवाप्रदानगर्ने उद्देश्यसहित प्रदेश नं ५ को परासी बजारमा आफ्नो शाखा शोरुमको उद्घाटन गरेको छ । यो शोरुम वैशाख १ (शनिबार) गतेबाट सन्चालनमा ल्याईएको हो ।

शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट महिन्द्रा टुह्वीलरको सम्पूर्ण थ्री एस सम्बन्धी गुणस्तरीय सेवा प्राप्तगर्न सक्ने छन ।

कम्पनी केवल सवारी विक्री गर्न तर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको छ ।

चाहिएको वेला सर्वसुलभ तरिकाबाट बाइक तथा स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकरुलाई स्पेयर पार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य रहेको वारिस अटो मोबाइल्सका सन्चालक ईरफान वारिसले जानकारी गराए ।