१ कार्तिक २०८३, आइतबार

प्रहरीकै मिलेमतोमा सुन तस्करी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????

काठमाडौं, ८ पुस । प्रहरीले धमाधम तस्करीको सुन बरामद गरिरहेको छ । तर, तस्करी रोकिएको छैन । किन ? किनकी प्रहरीले सुन तस्करहरूलाई समाउन चाहेको छैन । दिउसो भरियालाई पक्राउ गरेर प्रहरीका हाकिमहरू बेलुका तिनै तस्करहरूसँग चियर्स गर्दै आएका छन् । सुन तस्करहरूले गृह र अर्थ मन्त्रालयका उच्च अधिकारीहरूलाई प्रभावमा पारेका कारण तस्करी नरोकिएको हो ।

२/४ हजारको लोभमा सुन तस्करीमा सहयोग गर्ने गाडी चालक र भरियामात्र पक्राउ पर्दै आएका छन् । आइतबार साँझ पनि प्रहरीले भक्तपुरको जगातीमा २ किलो सुनसहित दुई जनालाई पक्राउ गर्‍यो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले खासाबाट आउदै गरेको बलेरो गाडिमा लुकाई ल्याइदै गरेको दुई किलो सुनसहित इन्द्रकुमार श्रेष्ठ र छिरिङ तामाङलाई पक्राउ गरेको हो । श्रेष्ठले जुत्तामा एक एक किलो सुन लुकाएका थिए ।

त्यस्तै गत मंगलबार बिहान प्रहरीले चीनबाट तस्करी हुदै भएर आएको साढे १० करोड मूल्य बराबरको २३ केजी सुन जगातीमा बरामद गर्‍यो । यसमा पनि तस्करको पहिचान गर्न प्रहरी असफल भएको थियो । कतिसम्म भने प्रहरीले गाडि धनीलाई समेत पक्राउ गरेन । चीनबाट स्याउ बोकेर आएको भ्यानमा लुकाएर ल्याइएको सुन प्रहरीले बरामद गरेको थियो । ना २ ख ५०५८ नम्बरको भ्यानमा लुकाएर ल्याइएको सुनका भ्यान चालक बुद्धिबहादुर श्रेष्ठ, सहचालक अनिल श्रेष्ठ र अर्का राजकुमार कार्कीलाई पक्राउ गरेको हो । तातोपनीबाट सुन लुकाएर ल्याएको सूचनाका आधारमा प्रहरीले गाडि रोकेर चेकजाँच गर्दा भ्यानको पछाडितर्फको झ्यालमा फल्स बटम बनाई लुकाइएको सुन बरामद भएको थियो । पत्रिकामा बेरेर टेपले बाइन्डिङ गरिएको सुन बिहान १ बजे प्रहरीले बरामद गरेको हो । तर काठमाडौंमा कसलाई दिनलाई उक्त सुन ल्याइएको भन्ने खुल्न सकेको छैन ।

गत मंसिर १४ गते अपराध महाशाखाले २ किलो सुनसहित दरबारमार्गबाट आरके ज्वलर्सका कर्मचारी सन्नी श्रेष्ठलाई पक्राउ गर्‍यो । सोधपुछका क्रममा श्रेष्ठले ज्वेलर्सका मालिकको निर्देशनमा आफुले पसलका लागि सुन ल्याएको बताएका थिए । तर उक्त सुन पसलमाथि प्रहरीले अनुसन्धान नै गरेन । किनकी आरके ज्वेलर्सका संचालक राजेन्द्र शाक्यको उच्च प्रहरी नेतृत्व र नेताहरूसँग सेटिङ छ । स्रोतका अनुसार अहिले २५ प्रतिशत भन्दा धेरै सुन उनले नै तस्करी गर्दै आएका छन् । काठमाडौंसम्म चिनियाँ समूहले नै भरिया प्रयोग गरेर सुन ल्याइदिने गरेको छ । उनले काठमाडौंका अन्य पसलमा मात्र होइन भारतमा समेत पुर्‍याउने गरेका छन् ।

गत मंसिर १७ गते पनि प्रहरीले एक चिनिया नागरिकसँग १५ किलो सुन बरामद गरेको थियो । चिनिया तस्करको समूहले शाक्यकै पसलमा उक्त सुन पुर्‍याउन लाग्दा बरामद भएको थियो । सो घटनामा पनि अरु कोही पक्राउ परेनन् ।

राजधानीमा सुन पसलहरूमा प्रष्ट रुपमा सुन तस्करी भइरहेको छ । बैंकहरूको सुन नकिनी पसलेहरूले तस्करीहरूको सुन बेच्दै आएका छन् । तर कोही पनि सुन पसलेलाई प्रहरीले अनुसन्धानमा तान्न सकेको छैन । यसमा देशमा माफियाको समूह कति बलियो हँुदै गएको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

स्रोतका अनुसार राजेन्द्र शाक्यले सुन तस्करीबाटै करोडौं सम्पत्ति जोडिसकेका छन् । तस्करीका डिल गर्न केही मारवाडी व्यवसायीहरूसँग मिलेर उनीहरूले दरबारमार्गमा मोती महल नामक रेष्टुरेन्ट खोलेका हुन् । सोही रेष्टुरेन्टमा तस्करीको डिल हुने गरेको छ ।