
काठमाडौं, २ वैशाख । भारत घर भएका १४ वर्ष मुनीका चार किशोरी अभिनेता अनमोल केसीलाई भेटन् भागेर आएपछि उद्दार गरिएको छ ।
माइती नेपालले उनीहरूको उद्दार गरेको हो । नेपाली कलाकारलाई भागेर भारतबाट भेट्न आएको यो पहिलो घटना हो । उनीहरूले अभिनेता केसीलाई भेट्न आएको बताएका थिए ।
अभिनेता केसीलाई भेट्न आएको पत्ता लागेको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए । चारै किशोरीका परिवारलाई सम्पर्क गरी भारत पठाउने चाँजो मिलाइएको छ ।
भारतको सिक्किम कालिङपोङमा रहेको परिवारलाई खबर गरिएको माइती नेपालले जनाएको छ ।
भारतीय किशोरीका परिवारले कालिम्पोङको एक गैर सरकारी संस्थामा सम्पर्क गरेको र त्यो संस्थाले काठमाडौंको माइती नेपालमा बिहान सम्पर्क गरेपछि किशोरीको उद्धार गरिएको हो ।
उद्धार गरिएका किशोरीलाई माइती नेपालमा नै राखिएको छ । उनीहरुको बारेमा जानकारी लिएर घर फर्काइने माइती नेपालका निर्देशक खड्काले बताए । नेपालीभाषी भारतीय अनमोलको फिल्म हेरेर प्रभावित भएका छन् ।















प्रतिक्रिया