२९ आश्विन २०८३, बिहिबार

आइजीपी रनिङ शिल्डमा मध्यपश्चिम, मध्यक्षेत्र र पूर्वक्षेत्र विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballयमबहादुर बम
धनगढी, ८ पुस ।  धनगढीमा जारी ३८ औं आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत सोमबार तीन वटा खेल भएका छन् ।
पहिलो खेलमा मध्यपश्चिम क्षेत्रीय प्रहरीले पश्चिमाञ्चल क्षेत्र  प्रहरीलाई  ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

मध्यपश्चिमका  दिनेश राना, कमल खडका र दीलबहादर घर्तीमगरले समान १–१ गोल गरे । पश्चिमाञ्चल क्षेत्र शन्तोष थापाको १ गोलमा सिमित हुन पुग्यो ।
प्रतियोगितको दोस्रो खेलमा पूर्वक्षेत्र प्रहरीले महानगरीय प्रहरीलाई २–० गोलले पराजित  गर्‍यो। दीपेन राईले प्रहार गरेको दुई गोलनै पूर्व क्षेत्र प्रहरीका लागि निर्णायक भयो ।

तेस्रो खेलमा मध्यक्षेत्र प्रहरीले  प्रहरी प्रधान कार्यालयलाई २–० गोल अन्तरले पराजित गर्‍यो।  मध्यक्षेत्र प्रहरीका लागि निरज दुर्गामगर र भुपेश चौधरीले समान १–१ गोल गरे ।

प्रतियोगिताको तेस्रो दिन मंगलबार सुदूरपश्चिम क्षेत्र र पश्चिम क्षेत्र, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी तथा पूर्व क्षेत्र प्रहरी र मध्यक्षेत्र प्रहरीबीच खेल हुने नेपाल प्रहरी क्षेत्रीय खेलकुद समितिका सहसचिव,  प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।

पस ११ गतेसम्म  चल्ने फुटबल प्रतियोगितामा ७  वटा टिमको सहभागिता रहेको छ ।