सिरहा, ८ पुस । अर्को विहे गर्छु भन्दै श्रीमानले खुकुरी देखाएर घरबाट निकालेपछि एक महिला भागेर सिरहा आएकी छन् । उदयपुरको त्रियुगा नगरपालिका ४ लक्ष्मीपुरकी ४८ बर्षीया लक्ष्मी चौधरी भागेर सिरहा आएकी हुन् ।
लक्ष्मीलाई आफ्नै श्रीमान रत्नमनी चौधरीले घरनिकाला गरेका हुन् । अहिले लक्ष्मी गुहार माग्दै लहानकी महिला अधिकारकर्मी आशा पालसँग विगत ९ दिनदेखि बस्दै आएकी छन् ।
लहानमा पनि आएर मारिदिन्छ कि भन्ने डरले लक्ष्मी सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय लहानमा गुहार माग्न पुगेकी छिन् ।
‘उहाँ (श्रीमान्) मदिरा सेवन गरी घर आउने वित्तिकै कुट्न थाल्नुभो । खुकुरी निकालेर मार्न खोज्दा म भाँगे,’ ‘लक्ष्मीले आँखाबाट आशु चुहाउँदै भनिन, ‘तिमी जहाँ जान्छौ, त्यहा गएर मारिदिन्छु भनेर थ्रेट समेत दिनुभयो ।’
‘लक्ष्मीका अनुसार उनका श्रीमानले पहिल्यैदेखि नै अर्को विहे गर्नु गर्छु भन्दै धम्की दिदैँ आएका थिए । ‘ठिक छ विहे नै गर्नुहुन्छ भने मलाई नकुट्नुस्, मलाई घरबाट न निकाल्नुस् भने,’ लक्ष्मीले भनिन, ‘ तर मंसिर २९ गते मदिरा पिएर कुट्दै घरबाट निकाल्नुभयो । म भागेपछि त जहाँ जान्छेस्, त्यहाँ गएर मारिदिन्छु भन्दै लखेटेर मार्ने प्रयास समेत गर्नुभो ।’
विगत लामो समयदेखि श्रीमानले दिनरात कुट्ने गरेको लक्ष्मीले बताउँछिन् । श्रीमानले दिनरात कुटपिट गर्दा शान्ति सुरक्षाका लागि उदयपुर प्रहरीमा समेत उजुरी दिए तर कसैले वास्ता गरेनन् उनले भनिन् । प्रहरी र स्थानीयलाई पैसा दिएर श्रीमानले मेरो कुरा कसैलाई सुन्नै नसक्ने बनाउने गरेको उनले थपिन् ।
घरबाट निकालिएकी लक्ष्मीसँग खाना खाने र बस्ने पैसा समेत छैन् । भोक लाग्यो भने कोहीसँग मागेर खानु पर्ने अवस्था आएको छ लक्ष्मीलाई । शरीरमा लगाएको लुगा बाहेक आफूसँग केहि नभएको लक्ष्मीले बताईन् ।
उनले भनिन्, ‘मैले आइएड पास गरेकी छु । मरो दाजुभाई नभएकाले बुवाको भएजति सम्पति उहाँ (श्रीमान्)लाई नै दिनुभएको छ । तर मदिरा पिउदा पिउदै सबै जग्गा समेत उहाँले बेचिसक्नुभयो ।’
चौधरी दम्पतीको दुई छोरा थिए । जेठाको दुई बर्ष अगाडी हत्या भईसकेको छ । लक्ष्मी भन्छिन्, ‘मेरो जेठा छोरा हेमन्त चौधरीलाई दुई बर्ष अगाडी काठमाडौँमा आफ्नै श्रीमानका भाई चुडामनी चौधरीले सम्पती हड्पन हत्या गराई दियो ।
सानो छोरा सुमित चौधरीलाई अहिले श्रीमानले कब्जामा लिएका छन् । म कहाँ आउन दिदैन् ।’ लक्ष्मी अहिले न्यायको लागि लहानका महिला अधिकारकर्मीहरुलाई गुहार्न थालेकी छिन् ।
लक्ष्मीलाई विगत ९ दिनदेखि संरक्षण दिएर राखेकी महिला अधिकारकर्मी आशा पालले भनिन्, ‘लक्ष्मी अन्यायमा परेकी छन् । कम्तिमा यहाँका प्रहरीले उदयपुर प्रहरीसँग सहकार्य गरी घरमा बस्ने वातावरण बनाइदिनुपर्छ ।’
















प्रतिक्रिया