१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीको बुलन्द हौसला

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा केही गरेर छाड्नेमा प्रतिबद्ध देखिन्छन् । आफ्नो अहिलेको जिन्दगीलाई नाफाको आयु भन्ने गरेका ओलीले व्यक्तिगत लोभलालचबाट मुक्त भइसकेको घोषणा गरेका छन् ।

प्रधानमन्त्रीय पद्धतिअनुसार अधिकारको प्रयोग गर्न थालेका छन् । पछिल्लोपटक सचिवको सरुवा प्रधानमन्त्रीले चाहेअनुसार भयो, यसअघि मन्त्रीले आफूअनुकूलका सचिव छान्ने, मिलेमतोमा अनियमितता गर्ने प्रवृत्ति थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सचिवमार्फत मन्त्रीको कार्यसम्पादन ‘चेक’ गर्ने शैली नरेन्द्र मोदीले पनि अपनाएका छन् । ओलीले पनि त्यही शैली पछ्याएका छन् ।

साँच्चिकै लोभलालच त्याग्न सके सकारात्मक परिणाम ०७५ मा देखिनेछ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा ठूला पूर्वाधारको सपना बाँडेका ओलीको अभियान जारी छ । सपना देख्नु खराब होइन ।