१ कार्तिक २०८३, आइतबार

महिला कैदीलाई राख्न कारागार नभएपछि प्रहरी कार्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ८ पुस । अटाउने क्षमताभन्दा तेब्बर कैदीबन्दी भएर समस्यामा परेको कपिलवस्तु कारागारमा महिला कैदी राख्ने वार्ड
नहुँदा झन् समस्या थपिएको छ ।

सर्वोच्च अदालतले चलाएको फैसला कार्यान्वयनको विशेष अभियान जिल्ला अदालतबाट मुद्दाका धमाधम फैसला भएपछि कैदीबन्दीका चाप बढेको बेला महिला कैदी राख्ने ठाँउ नहुँदा कारागारमा अहिले समस्या आइपरेको हो ।

गत शुक्रबार अदालतको फैसलापछि दुई महिला कारागार चलान भएका थिए । ती दुई महिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्न पठाइएको जेलर रेखा पुनले बताउनुभयो । जारी मुद्दामा एक महिना कैद सजाय फैसला भएपछि निग्लिहवा गाविसकी नाजिमा मुसलमान र बहुविवाहमा सजाय तोकिएर मोतिपुर वडा नं २ बनगाईकी दुर्गा पोख्रेललाई प्रहरी हिरासत कक्षमा राखिएको छ ।

सात महिनाको गर्भ बोकेकी नाजिमालाई प्रहरी हिरासतमा रहेकाले झन् समस्या भएको छ । ७९ जना क्षमता भएको जीर्ण कारागारमा अहिले २२७ जना छन् । तीमध्ये दुई महिलालाई राख्ने व्यवस्था नहुँदा जिल्ला प्रहरी कार्यालयमा राखिएको हो ।
स्थानान्तरणको स्वीकृति नआउँदासम्म प्रहरीलाई हिरासतमै राख्न अनुरोध गरी पठाएको उहाँले बताउनुभयो । महिला कैदीबन्दीलाई लक्षित गरी चार वर्षअघि बनाइएको कारागारको नयाँ भवन प्रहरीले सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको जनाएको छ ।

जसले गर्दा नयाँ कारागार भवन सञ्चालनमा आउन नसकेकाले अलपत्र अवस्थामा छ । नयाँ भवन सञ्चालन नभएसम्म महिलालाई कारागारमा राख्न नसकिने बताइएको छ ।