१ कार्तिक २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ८ पुस । पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको रामशिरझाला–७ सिमतरीमा गएराति मोटरसाइकल  दुर्घटनामा परी एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पहमानपुरबाट सुखडतर्फ गइरहेको से३प २७५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी पहमानपुर–३ का ३३ वर्षीया नवराज जोशीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

अहिले शव सुखडस्थित घोडाघोडी अस्पतालमा रहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।