१ कार्तिक २०८३, आइतबार

सहमति निर्माणका लागि दबाव दिन मोर्चाको बन्द घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, ७ पुुस । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले सहमति निर्माणका लागि दबाव दिन भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार साँझ सिंहदरवारमा बसेको मोर्चाको बैठकले यही पुस २५ देखि २९ गतेसम्म प्रदेशिक स्तरमा बन्द गर्ने निर्णय गरेको छ ।
मोर्चाले १९ गते देशभर जनप्रदर्शन तथा सभा गर्ने निर्णय गरेको छ । भने  २५ गते कर्णाली, खप्तड र खसान, २७ गते किरात, खम्बुवान, लिम्बुवान, तमुवान र मगरात बन्दको घोषणा गरेको छ ।

२८ गते थरुहट र तराई तथा २९ गते नेपाल र ताम्सालिङ बन्द आहृवान गरेको ३० दलीय मार्चाले माघ ५ गते नेपाल बन्द गर्ने पनि मोर्चाले निर्णय गरेको छ ।