४ कार्तिक २०८३, बुधबार

५ बुँदामा मिस नेपाल श्रृङ्खलाका हाउभाउ

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार साँझ यस वर्षको मिस नेपालको घोषणा भयो । प्रतियोगी मध्ये हेटौंडा घर भएकी श्रृङ्खला खतिवडालाई बिजेता घोषित गरियो ।

श्रृङ्खला एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य बिरोध खतिवडा र एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलकी छोरी हुन् । मिस नेपाल प्रतियोगिताको विरोध गर्ने कम्युनिष्ट पार्टीका नेतानेत्रीको छोरीले नै यो ताज पहिरिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भए । ‘हरेक कामका लागि अब परिवर्तन हुनुपर्छ’, खतिवडाले सबैलाई जवाफ फर्काएका छन् ।

यो बहस एकातिर चलिरहे पनि श्रृङ्खलाका आफ्नै बानी र व्यवाहार छन् । उनी इन्जिनियरिङकी विद्यार्थी हुन् । मोडेलिङ गर्नेका लागि मात्रै मिस नेपाल होइन भन्ने उनको सोचका कारणले नै यो ताज पहिरिएकी हुन् । अबका सुन्दरीमा राजनीतिक चेतना पनि हुनुपर्छ भन्ने मान्यता स्थापित हुनुको प्रमूख कारण उनले समृद्ध देश, सुखी जनता बन्ने आधारको तर्क र पुष्ट्याँइबाट पाएको ताजले देखाउँछ ।

श्रृङ्खलाका व्यक्तिगत चरित्र कस्तो भावको छ भन्ने ५ बुँदामा समेटिएको छ ।

१. उनी दयाभाव संसारभरि बढ्नुपर्छ भन्ने मान्यता राख्छिन् । कहिलेकाहीँ भगवानसँग सोध्छिन्,‘प्रभु तिमीसँग दयाको सागर छ ?’ पीडित व्यक्तित्व उनी देख्न सक्तिनन् ।

२. बाबुको औधि माया गर्छिन्, मिस नेपाल । यो प्रतियोगिता जित्नसम्म बाबुको ठूलो सहयोग र साथ छ । आमा महिला नेत्री भएका कारणले प्रतियोगिताबारे त्यति चाख नदिए पनि बाबुको साथले उनी अघि बढेको बताइन्छ । उनी भाईलाई पनि त्यत्तिकै प्रेम गर्छिन् । त्यसैले भनेकी छन्,‘तिमीहरूको मायाका सन्दर्भमा म केही व्याख्या गर्न सक्तिन, असीमित माया गर्ने दुई मान्छेहरू !’

३. उनी हरेक विषयमा ज्ञान राख्न रूचाउँछिन् । फूटबलमा म्यानचेस्टर युनाइटेडकी फ्यान हुन् मिस नेपाल, श्रृङ्खला । उनी युनाइटेडका जुआन माटाको खेल मन पराउँछिन् । त्यसकारण पनि युनाइटेडको खेल छुटाउँदिनन् । ‘तिमीहरूको खेल हेर्नका लागि म आतुर छु’, उनी युनाइटेडका खेलाडीहरूलाई भर्चुअल विश्वभित्र सम्बोधन गर्छिन् ।

४. सत्याग्रही आन्दोलनकी समर्थक पनि रहेकाले डा. गोविन्द केसीको अभियानमा उनको समर्थन थियो । राज्यमा रहेका बेथिति उनी मन पराउँदिनन् । त्यसैले केसीका हरेक सत्याग्रहको समर्थन् गर्छिन् ।

५. उनी पशु अधिकारका पक्षमा पनि उभिन रूचाउँछिन् । पर्यावरणका लागि पशुको सुरक्षा आवश्यक रहनुपर्छ ठान्ने मिस नेपालको प्यारो जनावर ‘कुकुर’ नै हो । उनको घरमा पनि कुकुर पालिएको छ ।