१ कार्तिक २०८३, आइतबार

विप्लवका विद्यार्थीले गरे पूर्वाञ्चलमा विश्वविद्यालयमा तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, ७ पुस । पूर्वाअञ्चल विश्वविद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । सोमबार सिनामंगलस्थित विश्वविद्यालयको सम्पर्क कार्यालयमा नारा जुलुस सहित गएको विद्यार्थीको एक समूहले तालाबन्दी गरेको हो ।

केन्द्रीय सदस्य तथा पूर्वाअञ्चल विश्वविद्याय उपत्याका इन्चार्ज नरेन्द्र विकले दिएको जानकारी अनुसार १५ बुँदे मागपत्रमा शैक्षिक क्यालेण्डर लागु हुनुपर्ने, वैज्ञानिक शुल्क कायम हुनुपर्ने, १८ महिनादेखि रोकिएको रिजण्ट तत्काल प्रकाशन गर्नुपर्ने, बिएसि नर्सिङमा मनपरि रुपमा शूल्क असुल्ने विद्यालयको सम्बन्धन खारेजी गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख छन् ।

मनपरि शूल्क असुल्ने विद्यालयहरुमा नर्भिक, ओम, संजीवनी लगायतका रहेका छन् । विकका अनुसार ‘चेतावनी पत्र’ नाम दिएको माग पत्र बुझ्दै सम्पर्क कार्यालय प्रमुख कमला ओझाले मागहरु सकारात्मक रहेको भन्दै पुरा गर्ने प्रतिवद्धता जनाइन् ।